१० मंसिर
काठमाडौं । नेपाल टेलिकमले साधारणलाई फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।
पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।
टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।
चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो ।
उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान भइरहेको र पटक–पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् ।
विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।