साङ्घाइ, मङसिर १० । चीनको दक्षिणी क्षेत्रको निङ्गबोमा रहेको एक कारखानामा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी दर्जनौ व्यक्ति घाइते भएका छन् भने कैयौ भवन ध्वस्त भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम र स्थानीय अधिकारीले जनाएका छन् ।
निङ्गबो सरकारका अनुसार यस शक्तिशाली विस्फोट कसरी भयो भन्ने हालसम्म पत्ता लागेको छैन ।
जिआङ्बे जिल्लामा अवस्थित सो कारखानामा विस्फोट स्थानीय समयानुसार आज बिहान ९ बजे भएकोे थियो ।
सामान्य घाइतेको निङ्गबोमा उपचार भइरहेको बताइएको छ । राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार यस आक्रमणमा परी ३० भन्दा बढी सामान्य घाइते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline