मस्जीदमा भएको हमलामा परी मृत्यु हुनेको संख्या ३०५ पुग्यो

मस्जीदमा भएको हमलामा परी मृत्यु हुनेको संख्या ३०५ पुग्यो

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

कायरो, ९ मङसिर। इजिप्टको एउटा मस्जीदमा भएको बम हमलामा परी मृत्यु हुनेहरुको संख्या ३०५ पुगेको छ ।

मृत्यु भएका मध्ये २७ जना बालबालिका रहेको र अरु १२८ जना घाइते भएको सरकारी संचार माध्यमहरुले शनिबार जनाएका छन् ।

घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था अझै पनि जटिल रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

आतङकबादीहरुले इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सिनाईमा रहेको एउटा मस्जीदमा शुक्रबार बम र गोली प्रहार गरेका थिए ।

हरेक शुक्रबार साप्ताहिक प्रार्थनाका लागि मुस्लीम धर्माबलम्वीहरू ठूलो संख्यामा मस्जीदमा भेला हुने गर्दछन् ।

आक्रमणकारी आइएस लडाकूहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेर हिंसात्मक हमला गरेका हुन् ।

हमलापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने नागरिकहरु त्रसीत अवस्थामा रहेको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ