बिराटनगर ,मंसिर ९ ।
इलामस्थित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयबासीका लागि शेयर निष्कासन गर्ने भएको छ ।
१२ मेगावाट क्षमताको माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई–सी जलविद्युत आयोजनाबाट प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्ने भएको हो ।
यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइसकिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रति शेयर सय रुपैयाँको ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline