अष्ट्रेलियाको अध्यागमन नीति परिमार्जन , १० बर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्ध गरेर फिर्ता पठाउने सम्म

अष्ट्रेलियाको अध्यागमन नीति परिमार्जन , १० बर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्ध गरेर फिर्ता पठाउने सम्म

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं मंसिर ९, ।
अष्ट्रेलिया सरकारले अध्यागमन नीतिलाई कडा रुपमा परिमार्जन गरेको छ । नक्कली कागजात पेश गरी अस्थायी भिषामा पुग्ने विदेशीलाई लक्षित गर्दै अध्यागमन नीति परिमार्जन गरेको हो ।
परिमार्जित नयाँ नियममा १० बर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्ध गरेर फिर्ता पठाउने सम्मका प्रावधान थपिएको छ ।
नक्कली कागजपत्र बनाएर अष्ट्रेलियाको भिषा लिएको पाइएमा सो व्यक्तिलाई १० बर्षसम्म प्रवेशमा रोक लगाइने भएको छ । जसमा भिषा आवेदन गर्दा समावेश गरिएका परिवारका सदस्यहरुलाई पनि १० बर्षसम्मै प्रवेशमा रोक लगाईनेछ ।
यही महिनाको १८ तारिखदेखि सो नियम लागु हुनेछ । यसअघि३ बर्षसम्म मात्र प्रतिबन्ध लगाइने उल्लेख थियो । यसैगरी, समाजिक सञ्जाल तथा अनलाईनहरुमा सामाजिक द्धेष फैलाउने प्रकृतिका सन्देशहरु प्रवाह गरेको पाइए त्यस्ता ब्यक्तिको पनि भिषा रद्ध गरि स्वेदश फिर्ता पठाईने भएको छ ।
यदी कसैलाई नोक्सानी पुरयाउने, धम्की दिने किसिमको सन्देश पाएको प्रमाणित भएमा अष्ट्रेलियाका अध्यागमन मन्त्रीले भिषा रद्द गर्न सक्नेछन् । सरकारी तथ्यांक अनुसार सन जुलाई २०१६ देखि अप्रिल २०१७ सम्मको ९ महिनाको अवधिमा ४७ हजार भिषालाई रद्द गरिएको छ ।
यसपहिले यि नियमहरु केही अस्थायी भिषालाई मात्र लागु हुने उल्लेख भएकोमा अहिले प्राय सबै अस्थायी भिषा आवेदक र भिषावाहकलाई लागु हुने समेत जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ