लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी

लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

धनगढी, मंसिर ९ । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारसमेत रहेका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको चर्चा गरे ।

विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भए पनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको उल्लेख गर्दै उनले भने, “सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ ।”

उनले भने “आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पुर्‍याउन जिम्मेवारी लिने सरकारको आवश्यकता छ ।”

पत्रकार सम्मेलनमा काँग्रेसका अर्का समानुपातिक उम्मेदवार उमेश श्रेष्ठले आर्थिक विकासका कार्यक्रमबारे प्रकाश पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ