इजिप्टमा भएकाे आक्रमणमा परी मारिनेको संख्या २३५ पुग्यो, राष्ट्रिय शोकको घोषणा

इजिप्टमा भएकाे आक्रमणमा परी मारिनेको संख्या २३५ पुग्यो, राष्ट्रिय शोकको घोषणा

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

एजेन्सी, मंसिर ९ । इजिप्टको एक मस्जीदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २३५ पुगेको छ ।

राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा मारिनेमा अधिकांश पुरुष, महिला तथा बालबालिका छन् ।

आक्रमणकारीले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुनसक्ने बताइएको छ । चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए ।

आक्रमणको कसैले जिम्मा लिएको छैन । तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले आक्रमण गरेको थियो ।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीको हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ