एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा परिणत

एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा परिणत

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, ७ मंसिर । साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ ।

बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो ।

निर्जीवन बीमा क्षेत्रम २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो ।

चुक्ता पुँजी रु ५४ करोडमा थप ८० प्रतिशत हकप्रद शेयरसहित रु ९७ करोड २० लाख पु¥याउने प्रक्रियामा रहेको उक्त कम्पनीले बीमा समितिले तोकेको रु एक अर्बभन्दा बढी चुक्ता पुँजी पु¥याउने गरी पुँजी योजना बीमा समितिमा पेश गरेको छ ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले नोक्सानीमा रहेको उक्त कम्पनीलाई आइएमई ग्रुपले व्यवस्थापन थालेपछि सकारात्मक प्रभाव देखिएको बताउनभुयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ