चार वर्षीय बालकले गरे अाफ्नै साथीकाे बलात्कार ! चिकित्सकबाट पुष्टि

चार वर्षीय बालकले गरे अाफ्नै साथीकाे बलात्कार ! चिकित्सकबाट पुष्टि

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी, मंसिर ७ । दैनिक बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । विश्वमै बलात्कारका अनेक घटना प्रकाशमा आउने गर्दछन् तर भारतमा हालै चार वर्षीय बालकले बलात्कार गरेको अनौठो घटना प्रकाशमा आएको छ ।

दिल्लीको द्वारिका क्षेत्रमा एउटा प्रतिष्ठित विद्यालयमा अध्ययनरत चार वर्षीय बालकले आफ्नै सहपाठीलाई बलात्कार गरेको घटना प्रकाशमा आएको हो । प्रहरीले पीठित बालिकाको अभिभावकको उजुरी दर्ता गरेको छ ।

प्रहरीका अनुसार ४ वर्षीया बालिकालाई एउटै कक्षामा पढ्ने ४ वर्षीय बालकले बलात्कार गरेको उजुरी दायर भएको छ । १० नोभेम्बरमा स्कुलबाट घर फर्किएपछि ती बालिकाले आफ्नी आमालाई गुप्ताङ्गमा पीडा भएको बताएकी थिइन् । आमाले विस्तृत सोधखोज गरेपछि ती बालिकाले घटना विवरण सुनाएको बताइन्छ ।

लगत्तै परिवारजनले बालिकालाई नजिकैको चिकित्सक समक्ष लगेका थिए । चिकित्सकले सामान्य उपचार गरेपछि एक निजी अस्पतालमा बालिकालाई निजी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराइएको परिवारजनको भनाइ छ । चिकित्सकले बालिकाको गुप्ताङ्ग असामान्य रहेको पुष्टि गरेको बताइन्छ ।

पीडित बालिका र आरोपी बालकको परिचय भने खुलाइएको छैन ।

भारतको कानूनअनुसार प्रहरीले ७ वर्षभन्दा कम उमेरका बालबालिकालाई कारवाही गर्न मिल्दैन । उक्त उमेर समूहका बालबालिकाको दिमाग अपराध गर्ने हदसम्म विकसित नभइसक्ने ठहर गर्दै कानूनमा यस्तो व्यवस्था गरिएको हो । तर यो उजुरी सम्बन्धमा प्रहरीले कस्तो कारवाही गर्छ भन्ने प्रष्ट भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी