पूर्वबोस्नियन सर्ब सैन्य कमान्डरलाई आजीवन कारावासको सजाय

पूर्वबोस्नियन सर्ब सैन्य कमान्डरलाई आजीवन कारावासको सजाय

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी, मंसिर ४ । नरसंहार र मानवताविरुद्धको अपराधमा पूर्वबोस्नियन सर्ब सैन्य कमान्डरलाई दोषी ठहर गर्दै सजाय तोकिएको छ ।

संयुक्त राष्ट्रसंघीय एक अदालतले पूर्वबोस्नियन सर्ब सैन्य कमान्डर रात्को म्लादिकलाई नरसंहार र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय तोकेको हो ।

नेदरल्यान्डस्को हेगस्थित उक्त अदालतले म्लादिकलाई सन् १९९२ देखि १९९५ को बोस्नियन युद्धताका गरिएका ११ मध्ये १० अपराधमा दोषी ठहर गरेको हो ।

अदालतका अध्यक्ष न्यायाधीश अल्फोन्स ओरीको इजलासले फैसला गरेको हो ।

फैसला सुनाउने बेलामा ७४ वर्षीय म्लादिकले इजलासमा आक्रोशित भएर जथाभावी बोलेपछि निष्काशन गरेर फैसला सुनाउनुपरेको थियो ।

म्लादिकलाई तीन वर्ष चलेको हिंसात्मक गृहयुद्धमा कमान्डरकारुपमा सन् १९९५ मा स्रेव्रेनिकामा ८ हजार मुस्लिमको हत्यासहितका युद्ध अपराधमा दोषी ठहर्‍याइएको हो ।

म्लादिकले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनका वकिलले फैसलाविरुद्ध अपील गर्ने जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ