जिम्बाबेमा राष्ट्रपतिको राजिनामापछि खुसियाली

जिम्बाबेमा राष्ट्रपतिको राजिनामापछि खुसियाली

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौ ६ मंसिर ।
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको राजिनापछि त्यहाँ करिब डेढ सातादेखि जारी राजनीतिक गतिरोध अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ ।

राष्ट्रपतिको राजिनामापछि खुसियाली मनाउदै लाखौं नागरिक सडकमा उत्रिएका छन् । ३७ वर्ष शासन गरेका राष्ट्रपति मुगाबेले चौतर्र्फी दवावपछि पदबाट राजिनामा दिनुभएको हो ।

पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा उत्पन्न भएको विवादकाबीच सत्तारुढ दलले पनि महाअभियोग लगाउने तयारी गरेपछि राष्ट्रपति मुगाबे राजिनामा दिन बाध्य हुनु भएको हो ।

मुगाबेले राजीनामाको कारणमा ‘जिम्बावे जनताको भलाइ’ तथा ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ उल्लेख गर्नुभएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

सेनाले शक्ति आफ्नो हातमा लिइ ९३ वर्षीय मुगाबेलाई घरमै नजरबन्दमा राखेपछि सत्तारुढ दल जानु पीएफले पनि मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको घोषणा गरेको थियो ।

सो पार्टीले पूर्व उपराष्ट्रपति इमर्सन नान्गाग्वालाई पार्टीको नेतामा नियुक्त गर्नुका साथै मुगाबेकी पत्नी ग्रेसलाई समेत पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ