एजेन्सी मंसिर ५ ।
जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेले पदबाट राजीनामा दिन अस्वीकार गरे पछि सत्तारुढ दल जानु–पीएफले मुगाबेविरुद्ध महाअभियोग लगाउन तयारी गरेको छ ।
राष्ट्रपति मुगाबेले श्रीमती ग्रेसलाई संवैधानिक अधिकार दिएको लगायत आरोप सहित सत्तारुढ दलले महाअभियोग लगाउने गृहकार्य सुरु गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो पार्टीले आजै महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्दैछ । संसदमा प्रस्ताव पेश भएपछि २ दिनमा प्रक्रिया टुङ्गिने अधिकारीहरुलाई उद्धत गर्दै बीबीसीले उल्लेख गरेको छ । यसअघि सो पार्टीले राष्ट्रपति मुगाबेलाई पद छोड्न दिएको २४ घण्टे अल्टिमेटम हिजै सकिसकेको छ ।
मुगाबेले अल्टिमेट अटेर गरेपछि पार्टीले पछिल्लो कदम चालेको हो । मुगावेविरुद्ध उपराष्ट्रपतिलाई हटाएको, सेनाको बदनाम गरेको, श्रीमतीलाई सत्ता दिन प्रयास गरेको लगायत आरोप लगाइएको छ ।
जिम्बावेमा पदीय दुरुपयोग गरे, संविधानको उल्लंघन गरे र संविधान कार्यान्वयनमा अयोग्य ठहरे महाअभियोग लगाउन सकिने संवैधानिक प्रावधान छ ।
यसैबीच सेनाले राष्ट्रपति मुगाबेको भविष्यबारे मार्ग्चित्र बनाइसकेको र उपराष्ट्रपतिलाई स–सम्मान पदमा फर्काउने जनाएको छ ।