एजेन्सी , ३ मंसिर । सत्तारुढ जानु पीएफ पार्टीले जिम्बाबेका राष्ट्रपति रोर्बट मुगाबेलाई प्रमुख पदबाट बर्खास्त गरेको छ ।
पार्टीले पूर्व उपराष्ट्रपति एम्मरसन नाङ्ग्वालाई प्रमुखको जिम्मेवारी दिएको छ ।
९३ वर्षीय मुगावेले आफ्नो उत्तराधिकारीका रुपमा पत्नी ग्रेस मुगावेलाई स्थापित गर्ने प्रयास गरेपछि सेनाले गत बुधवार कू गरेको थियो ।
सैन्यु कू को समर्थनमा हजारौं सर्वसाधारणले राजधानी हरारेमा प्रदर्शन समेत गरेका थिए ।
मुगावेले आफ्नो राजनीतिक भविष्यका बारेमा सेनाका अधिकारी सँग छलफल गरिरहेको बीबीसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline