सन् २०२१ सम्म नेपालको बर्दिबाससम्म रेल ल्याउने

सन् २०२१ सम्म नेपालको बर्दिबाससम्म रेल ल्याउने

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं ३ मंसिर । चीनले केरुङ हुँदै काठमाडौं र लुम्बिनीसम्म रेल लाइन विस्तारबारे अध्ययन गरिरहेको समयमा भारतले पनि जयनगरबाट प्रदेश नम्बर २ को जनकपुर हुँदै बर्दिबाससम्म रेल सेवा विस्तार गर्ने योजनालाई अघि बढाएको छ ।

भारतको बिहार राज्यमा पर्ने जयनगरबाट नेपालको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर रेलवे लाइन पहिलो चरणमा निर्माण भइरहेको छ । यो रुटमा सन् २०१८ अक्टोबरसम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्य छ । बर्दिबाससम्म ६९ किलोमिटर रेलवे लाइन निर्माण सन् २०२१ मा पुरा गर्ने योजनाका साथ काम भइरहेको जनाइएको छ ।

इरकोन नामक निर्माण कम्पनीले यो रेलवे लाइन निर्माणको जिम्मा पाएको छ । सो कम्पनीका अनुसार सन् २०१९ सम्म कुर्थाबाट बिजलपुरासम्म रेल ट्र्याक निर्माण सम्पन्न भइसक्ने छ । सोही वर्षको मार्चदेखि जयनगर–बिजलपुरासम्म रेल सेवा सञ्चालन गरिनेछ ।

बिजलपुरादेखि बर्दिबाससम्मको रेलवे लाइन भने सन् २०२१ सम्म पुरा हुने जनाइएको छ ।

जयनगरमा नेपाल जाने रेलका लागि अलग स्टेशन बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ