स्याउको व्यापार घट्यो , यस्तो छ कारण

स्याउको व्यापार घट्यो , यस्तो छ कारण

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

गुल्मी, २ मंसिर । गुल्मी र बागलुङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ ।
गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो । मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो रु १२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका– ५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर बुढाथोकीले बताउनुभयो ।
“विकट गाउँमा उत्पादन गरेको स्याउको उचित बजारीकरण हुन सकेको छैन, स्याउखेतीबारे तालीम नहँुदा समस्या भइरहेको छ,” उहाँले भन्नभयो ।
स्याउखेती गर्न प्राविधिक र अनुगमन निरीक्षण गरिदिने तथा स्याउका बारेमा बेला÷बेलामा तालीमको व्यवस्था गरी बिरुवा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराइदिए स्याउ उत्पादनमा वृद्धि हुनुका साथै स्याउखेतीतर्फ किसानको आर्कषण बढ्ने बुढाथोकीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ