मेलम्ची खानेपानी आयोजना अन्तर्गतसुन्दरीजलस्थित बहुप्रतिक्षित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न

मेलम्ची खानेपानी आयोजना अन्तर्गतसुन्दरीजलस्थित बहुप्रतिक्षित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाडौ २ मंसिर ।मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलस्थित बहुप्रतिक्षित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ  । जापानी सहयोग नियोग जाइकाको करिब ५ अर्ब ७ करोड ८० लाख सहयोगमा बनेको यो प्रशोधन केन्द्र मलेम्ची खानेपानी आयोजनाको एक महत्वपूर्ण पाटो मानिन्छ । प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन क्षमता रहेको केन्द्रको निर्माण सम्पन्न भइ सञ्चालनको तयारी अवस्थामा रहेको जाइकाले जनाएको छ ।

मेलम्ची परियोजनाको सुरुङ निर्माणको काम तथा अन्य कार्यहरू सम्पन्न भएपश्चात यो प्रशोधन केन्द्र सञ्चालनमा आउने बताइएको छ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बीचमा अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको यो केन्द्रबाट प्रशोधित पानी /शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुने जाइकाले दावी गरेको छ । केन्द्रमा २ सय किलोवाटको लघु जलविद्युत मीनी हाइड्रो प्लान्ट पनि निर्माण गरिएको छ । जसबाट यो केन्द्र स्वचालित हुने जनाइएको छ । २०७० को पौष १७ गतेबाट निर्माण थालिएको सो केन्द्रलाई केही दिनभित्रै मलेम्ची आयोजना समितीलाई हस्तान्तरण गर्ने तयारी रहेको जाइकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ