हस्तकलाका सामग्री प्रवद्र्धनमा राष्ट्रपतिको जोड

हस्तकलाका सामग्री प्रवद्र्धनमा राष्ट्रपतिको जोड

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, १ मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिनुभएको छ ।
नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा आजदेखि शुरु भएको १५औँ संस्करणको हस्तकला मेला तथा १३आँै प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकलाका सीप र कलाले अन्तर्रा्ष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उजागर गरेको वताउदै युवा पुस्तालाई पनि यससम्बन्धी आकर्षण गर्न आवश्यक रहेको वताउनुभएको छ ।।

साथै त्यस हवसरमा भण्डारीले हस्तकला निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।

‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ शुरु भएको प्रदर्शनीमा २५ जिल्लामा उत्पादन भएका हस्तकलाका सामग्री करिब २०० प्रदर्शनी कक्षमा राखिएका छन् । गत आवमा करिब रु १० अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । करिब रु १५ अर्ब लगानी रहेको यस क्षेत्रले ११ लाखलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले सरकारले गरिबी न्यूनीकरणका लागि हस्तकलाको विकासमा जोड दिन सवैमा आग्रह गर्नुभएको छ

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले नयाँ पुस्तालाई हस्तकलाको व्यापारमा आकर्षित गराउन आवश्यक रहेकामा जोड दिनुभयो । विसं २०४८ देखि हस्तकला महासंघले नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवद्र्धन गर्न यस किसिमको प्रदर्शनी आयोजना गर्र्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ