डाेनाल्ड ट्रम्पलाई ‘मृत्युदण्ड’ दिने उत्तर कोरियाले घोषणा, जहाँ भेट्यो त्यही हत्या गर्ने

डाेनाल्ड ट्रम्पलाई ‘मृत्युदण्ड’ दिने उत्तर कोरियाले घोषणा, जहाँ भेट्यो त्यही हत्या गर्ने

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी ,१ मंसिर। उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मृत्युदण्डको घोषणा गरेको छ । एसिया भ्रमणका क्रममा आफ्ना सर्वोच्च नेता किम जोङ उनको अपमान गरेको भन्दै एक सरकारी पत्रिकाले सो घोषणा गरेको हो ।

वर्कस पार्टीको समाचारपत्र रोदोङ सिनमुनले एक सम्पादकीय लेख्दै ट्रम्प मृत्युदण्डको भागीदार बन्ने उल्लेख गरेको छ । उसले राष्ट्रपति ट्रम्पले माफी दिन नसकिने अपराध गरेको सम्पादकीय दाबी गरिएको छ ।

“ट्रम्पलाई यो कुरा थाहा हुनुपर्छ, उनी मात्र एक जघन्य अपराधी हुन्, जसलाई कोरियाली जनताले मृत्युदण्डको सजाय दिएका छन्” पत्रिकाले आफ्नो सम्पादकीयमा लेखेको छ ।

एसिया भ्रमणकै क्रममा भियतनाम पुगेको बेला राष्ट्रपति ट्रम्पले नेता किम जोङलाई ‘भुन्टे र मोटे’ भनेका थिए । त्यस्तै दक्षिण कोरियाको संसदमा सम्बोधन गर्दै ट्रम्पले किम ‘क्रुर तानाशाह’ भएको टिप्पणी गरेका थिए ।

पत्रिकाको सम्पादकीयमा दक्षिण कोरिया भ्रमणको बेला डिमिलिटराइज्ड जोन भ्रमण गर्ने ट्रम्पको योजना असफल भएको दाबी गरिएको छ ।

खराब मौसमका कारण उक्त भ्रमण रद्द गरिएको भनिएपनि उत्तर कोरियाले  “हाम्रा सेनाका चम्किलो नजरको सामना गनुपर्ने कुराले ट्रम्प डराएका थिए” भनेको  छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन‍् ।

उत्तर कोरियाका संचारमाध्यमहरुले सरकारको अाधिकारिक धारणा बोल्दै अाएका छन्  । यो घोषणा पनि सरकारको अाधिकारिक धारण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ