बिजनेस एक्सिलेन्स अवार्ड ११ कम्पनी पाए

बिजनेस एक्सिलेन्स अवार्ड ११ कम्पनी पाए

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डाै , ३० कार्तिक । अमेरिकास्थित फ्रस्ट एन्ड सुलेभानसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले विभिन्न विधामा नेपाल बिजनेस एक्सिलेन्स अवार्ड ११ वटा कम्पनीलाई वितरण गरिएको छ । चार समूहका अवार्डमध्ये सिप्रदी ट्रेडिङले २०१७ को पहिलो सुपर प्लाटिनम अवार्ड प्राप्त गरेको छ ।

 दोस्रो एसबीआई बैंकले पाएको छ । उदीयमान व्यवसाय, मध्यमस्तरको व्यवसाय, ठूला व्यवसाय र मेगा व्यवसाय गरी विभाजन गरी अवार्डको छनोट गरिएको थियो ।

यसमध्ये मेगा बैंक र विजय डिस्टिलरीले गोल्ड अवार्ड पाएका छन् । घोराही सिमेन्ट उद्योग र सीजी ब्रुअरीले सिल्भर अवार्ड प्राप्त गरेका छन् । अवार्डको प्रतियोगितामा सहभागी चन्द्रागिरि हिल्स, अल्फा बिटा इन्स्टिच्युट, एनएमबी बैंक, टेलिटक र एनआईबील क्यापिटल मार्केट्सले सम्मानपत्र पाएका छन् । ‘परिसंघ र फ्रस्ट एन्ड सुलेभानको औद्योगिक विशेषज्ञले प्रतिस्पर्धी कम्पनीहरूको विविध आयामबाट मूल्यांकन गरी अवार्ड प्रदान गरिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ