२९ कात्तिक, काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताउनु भएको छ ।
चितवनमा आज सञ्चारकर्मि हरुसंग कुराकानि गर्दै उहाले आर्थिक चलखेलका आधारमा उक्त सम्झौता खारेज गरेको आरोप लगाउनु भयो ।
आफूहरु मुख्य घटक भएपनि सरकार एकलौटी रुपमा चलेको भन्दै अध्यक्ष प्रचण्ड सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न नसकिने वताउनु भयो ।
प्रचण्ड सरकारको अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनाले वन बेल्ट वन रोडमा राख्न समेत प्रस्ताव गरिएको छ ।
तर, संसदीय समितिले निर्देशन दिएको भन्दै देउवा सरकारले हालै मात्र सम्झौता खारेज गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline