एजेन्सी , २२ कार्तिक ।
एसिया भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई कमजोर नठान्न उत्तर कोरियालाई चेतावनी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले दक्षिणको राजधानी सोलमा संसद भवनमा सम्बोधनका क्रममा उत्तर कोरियाको चर्को आलोचना गर्नुभयो । सम्बोधनकै क्रममा उहाँले उत्तर कोरियाको परमाणु कार्यक्रम उसकै लागि सुरक्षित नभएको र भविष्यमा घातक सावित हुने बताउनुभयो ।
उत्तर कोरियासंग आक्रोशित ट्रम्पले अमेरिकामा पहिलेको भन्दा फरक प्रशासन भएकाले पनि उत्तर कोरियाले कमजोर ठान्न नहुने बताउनुभयो ।
उहाँले परमाणु कार्यक्रम त्याग्न उत्तर कोरियालाई आग्रह समेत गर्नुभयो । उत्तर कोरियाको परमाणु कार्यक्रका कारण विश्व समुदायमा तनाव सिर्जना भएको उहाँको भनाई थियो ।
ट्रम्पले दक्षिण कोरियाको उपलब्धिहरुको प्रशंसा समेत गर्नुभयो । जापानबाट एसिया भ्रमण सुरु गरेका ट्रम्पले दक्षिण कोरियापछी चीन, भियतनाम र फिलिपिन्सको समेत भ्रमण गर्नुहुनेछ ।