पतिले धोका दिएको तथ्य ३३ हजार फिटको उचाईमा उडिरहेको विमान मै थाहा पाएपछि….

पतिले धोका दिएको तथ्य ३३ हजार फिटको उचाईमा उडिरहेको विमान मै थाहा पाएपछि….

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी, कात्तिक २१ । ३३ हजार फिटको उचाईमा उडिरहेको विमानमै एक महिलाले आफूलाई पतिले धोका दिइरहेको थापा पाएपछि विमानलाई नै आकस्मिक अवतरण गराएकी छन् ।

भारतीय संचारमाध्यमका अनुसार इरानकी ती महिला कतार एयरवेजको विमानबाट आफ्नो पतिसँगै यात्रा गर्दै थिइन् । आइतबार दोहाबाट इन्डोनेसियाको बालीतर्फ गइरहेको सो विमान उडेको केही समयपछि नै ती महिलाले आफ्नो पति निदाएको मौका छोपेर उनको मोबाइल ‘चेक’ गरेकी थिइन् ।

मोबाइलमा केही सन्देहास्पद सामाग्री फेला परेपछि उनले पतिसँग विवाद गरिन् । विवाद बढ्दै गएपछि विमानलाई भारतको चेन्नईस्थित विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

विमानबाट ती इरानी दम्पत्तीलाई नै उतारेर अन्य यात्रु लिएर विमान आफ्नो गन्तव्यतर्फ उडेको बताइएको छ ।

पछि ती दम्पत्तीलाई क्वालालम्पुर जाने विमानबाट पठाइएको चेन्नई विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ