एप्पल कम्पनीले अर्बौं डलर कर छलेको खुलासा

एप्पल कम्पनीले अर्बौं डलर कर छलेको खुलासा

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी , २१ कार्तिक ।  विश्वका शक्तिशाली र धनाढ्यहरुले लुकाएको सम्पत्तिको गोप्य खाताबारे सनसनीपूर्ण खुलासा गर्दै आएको प्याराडाइज पेपरले फेरि अर्को खुलासा गरेको छ ।

विश्वको सबैभन्दा बढी मुनाफा कमाइरहेको एप्पल कम्पनीले अर्बौं डलर कर छल्न नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको हो । चुहावट भएको वित्तीय दस्तावेजअनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात् अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलेको हो ।

एप्पलसँग कर नतिरिएको दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सले देखाएको हो । एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ ।

प्याराडाइज पेपर्सले सार्वजनिक गरेको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि परेपछि सनसनी भएको छ । प्याराडाइज पेपर्ससाग एक करोड ३४ लाख कागजात रहेको बताइएको छ । विश्वभरका एक सयभन्दा बढी सञ्चार संस्थानले यी कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।

गतवर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यी कागजात प्राप्त गरेको थियो । यी दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्टियम अफ इन्वेस्टिगेटिभ जर्नालिस्ट्स् (आइसिआइजे)ले गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ