टेक्सास गोलीकाण्ड : सासु र परिवारसँग झगडा गरेर हिडेका हमलाकारीले गरे २६ जनाकाे हत्या  

टेक्सास गोलीकाण्ड : सासु र परिवारसँग झगडा गरेर हिडेका हमलाकारीले गरे २६ जनाकाे हत्या  

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी, कात्तिक २१ । अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केलीले गोली चलाउनुअघि सासुसँग झगडा परेको तथ्य सार्वजनिक भएकाे छ ।

प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ । पारिवारिक कारणले चर्चमा गोली चलाएको खुलेको स्थानीय अधिकारी बताउँछन् ।

परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्याट्रिककी सासु मिसेली स्चिएल्डस पनि गोलीकाण्डका समयमा सोही चर्चमा उपस्थित थिइन् ।

प्याट्रिककी आमा लुका ह्वाइट पनि गोली लागेर मारिएकी छिन् । आइतबार बिहान प्याट्रिकले अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गरेका थिए । मारिनेमा आधाजसो बालबालिका भएको घटनामा अरु २४ जना घाइते भएका छन् ।

नियमित प्रार्थनाका लागि मानिस भेला भएका बेला उनले टेक्सासको विल्सन काउन्टीस्थित चर्चमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्याट्रिक पनि जवाफी कारवाहीमा मारिएका थिए ।

गाडीमा चढेर भाग्दै गर्दा उनी प्रहरी कारवाहीमा मारिएका हुन् । अमेरिकामा पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ