कर छल्न महारानी एलिजावेथको गोप्य लगानी गरेकाे ‘प्याराडाइज पेपर्स’को खुलासा

कर छल्न महारानी एलिजावेथको गोप्य लगानी गरेकाे ‘प्याराडाइज पेपर्स’को खुलासा

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, कात्तिक २० । बेलायतकी महारानी एलिजाबेथलगायत संसारका धनाढ्य तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ ।

बीबीसी प्यानोरामालगायत संसारका करिब एक सय सञ्चारमाध्यमको समूहले सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ले उक्त खुलासा भएको हो ।

हालै सार्वजनिक गरिएको तथ्यांकमा यसको आम्दानीबाट महारानीले ५० करोड पाउन्ड बराबरको निजी सम्पत्ति व्यवस्थापन गर्दै आएको र १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी रकम बाह्य कम्पनीमा लगानी गरेको खुलासा भएको छ ।

प्याराडाइज पेपर्सले १ करोड ३४ लाख गोप्य वित्तीय विवरण छानबिन गरेको हो । जसमा कर छल्ने प्रयोजनले गरिएको बाह्य लगानीसँग सम्बन्धित छन् ।

प्याराडाइज पेपर्सका अनुसार उक्त रकम केमन द्विप तथा बर्मुडाको एउटा कोषमा लगानी भएको पाइएको छ । राजपरिवारबाटै यसरी बाह्य कम्पनी वा कोषमा लगानी गर्नुले नैतिक प्रश्न भने खडा गरेको छ ।

महारानीको निजी सम्पत्तिबाट ‘रिटेलर’ कम्पनी ब्राइटहाउसमा पनि लगानी भएको तथ्यांकले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विश्वासपात्र वाणिज्य सचिव विल्बर रसको नाम पनि यसमा मुछिएको छ ।

बीबीसीका अनुसार उनले एक सिपिङ कम्पनीमा कर छली गरी लगानी गरेका छन् । जसले रुसी ऊर्जा कम्पनीलाई तेल र ग्यास आपूर्ति गरेर वर्षकै दसौं लाख डलर कमाउँछ ।

उक्त सिपिङ कम्पनीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाईं तथा अन्य दुई जना व्यक्ति सेयरधनी पनि छन् ।

ठूला राजनीतिक नेता, बहुराष्ट्रिय कम्पनी, सेलिब्रिटी तथा धनीहरूले आफ्नो वास्तविक सम्पत्ति लुकाएर कर छल्न यस्तै देशमा लगानी गरेको पाइएको छ ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय महासंघ(आइसीआईजे) मा आबद्ध सञ्चारमाध्यमहरूले संयुक्त रूपमा ती गोप्य विवरण हात पारेर अनुसन्धान बढाएका हुन् ।

एक वर्षअघि आइसीआइजेकै सक्रियतामा पनामा पेपर्स सार्वजनिक भएको थियो । त्यसमा नाम मुछिएपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफसहित केही देशका सरकार प्रमुखले राजीनामा दिएका थिए ।

आइतबार सार्वजनिक विवरण प्याराडाइज पेपर्सको सानो हिस्सा मात्र भएको बीबीसीले जनाएको छ ।

उक्त विवरणमा भेटिएका तथ्य यो साताभरि क्रमशः सार्वजनिक गरिनेछ । यसबाट संसारका सयौं प्रतिष्ठित व्यक्ति तथा कम्पनीले कर छल्न कसरी बाह्य मुलुकमा लगानी गरेका छन् भनी खुलासा हुनेछ ।(एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ