क्याटलोनियाली नेता पुज्डमोनद्वारा बेल्जियमको प्रहरीसँग आत्मसमर्पण

क्याटलोनियाली नेता पुज्डमोनद्वारा बेल्जियमको प्रहरीसँग आत्मसमर्पण

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

 

ब्रसेल्स, १९ कात्तिक

एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता कारलस पुज्डमोनले आइतबार बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेको बेल्जियमका अधिकारीहरुले बताएका छन् ।

क्याटलोनियाली सरकारका अन्य चार मन्त्री पनि उहाँजस्तै प्रहरीसमक्ष पुगेका छन् । उनीहरू विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका थिए ।

केही दिनयता बेल्जियममा बसिरहेका नेता पुज्डमोनविरुद्ध देशलाई विखण्डन गर्ने असफल प्रयास गरेको भनी स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । स्पेनको एक अदालतले विद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर पुज्डमोन र उहाँको क्षेत्रीय सरकारको मन्त्रीमण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीहरूलाई स्पेनलाई सुपुर्दगी गर्ने वा बेल्जियममा नै राख्ने बिषयमा अधिकारीहरूबीच आवश्यक छलफल भइरहेको बताइउको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ