साउदी अरबका ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्व मन्त्री पक्राउ :यस्ताे छ कारण

साउदी अरबका ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्व मन्त्री पक्राउ :यस्ताे छ कारण

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी, कात्तिक १९ । अरबका ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ परेका छन् ।

भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

त्यसैगरी उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ मा आएको बाढी र सन् २०१२ मा मर्स भाइरसको संक्रमणका बेला भ्रष्टाचार भएको अनुमान गरिएको छ ।

साउदी अरबमा नयाँ भ्रष्टाचार नियन्त्रण समिति गठन भएको चार घण्टाभित्रै उनीहरुलाई पक्राउ गरिएको हो । सो समितिका अध्यक्ष साउदी अरवका युवराज मोहमद बिन सलमान रहेको बताइएको छ ।

समितिलाई पक्राउ आदेश जारी गर्ने र यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइएको छ ।

यसैबीच साउदी अरेबियाका राजा सलमानले नेसनल गार्ड मन्त्री प्रिन्स मितेव बिन अब्दुल्लाह र सेनाका कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिनलाई बर्खास्त गरेका छन् । उनीहरुलाई बर्खास्त गर्नुको कारण खुलाइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ