सुन काण्डका आरोपितविरुद्ध ४३ करोड बढी बिगो दाबीसहित मुद्दा दायर

सुन काण्डका आरोपितविरुद्ध ४३ करोड बढी बिगो दाबीसहित मुद्दा दायर

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

१७ कात्तिक,काठमाडौँ । ८८ किलो सुन काण्डमा संलग्न भएको आरोप लागेका ४ चिनियाँसहित १० जना विरुद्ध ४३ करोड बढी बिगो मागदाबी गर्दै प्रहरीले काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको छ ।

उनीहरुलाई संगठित अपराध ऐनअनुसार ४३ करोड ५६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिनुभयो । बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको प्रहरीले जनाएको छ । प्रहरीले गणेशदत्त बडु, सत्यनारायण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरत्न मर्गले, उल्लाहास दिनकर सालुखे र ल्याक्पा ग्याल्जोङ तथा ३ चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर गरेको हो ।

गत भदौ १९ गते केरुङ नाका हुँदै अवैध रुपमा काठमाडौं ल्याइएको ८८ किलो सुन प्रहरीको अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट नियन्त्रणमा लिएको थियो । सुनसहित पक्राउ परेका गाडी चालकको बयानका आधारमा प्रहरीले व्यवसायी लगायत तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो । सो सुन तस्करीमा संलग्न रहेका भनिएका अन्य ४ जना भने फरार रहेको प्रहरीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ