विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही 

विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही 

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

राजविराज, १७ कात्तिक ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही गरेको छ ।
प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारीअनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत रु तीन लाख ३१ हजार ७५६ राजश्व असुली समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र प्राधिकरणका कर्मचारीको संयुक्तरूपमा खटिएको अनुगमन टोलीले ३२ थान पानी तान्ने मोटर, १० थान टिभी, पाँच थान स्टेप्लेजर, तीन थान पंखा र एक थान फ्रिज समेत बरामद गरेको छ । दीपावली र छठ सकिएपछि पुनः विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले काम थालेको प्रमुख साहले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ