ऊर्जा केन्द्रमा विस्फोट, कम्तिमा २२ जनाको मृत्यु, ५७ घाइते

ऊर्जा केन्द्रमा विस्फोट, कम्तिमा २२ जनाको मृत्यु, ५७ घाइते

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी, कात्तिक १६ । भारतको उत्तर प्रदेशस्थित एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ (एनटीपीसी) ऊर्जा केन्द्रमा बुधबार विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५७ जना गम्भीर घाइते भएका छन्  ।

रायबरेली जिल्ला अधिकारी सन्जय खत्रीलाइ उदृत गर्दै २० जना मरेको पुष्टि गर्दै बाँकी अन्य ५७ जना घाइतेलाई अलग–अलग अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएकाे छ ।

बुधबार दिउँसो ५ सय मेगावट बिद्युत उत्पादनको लागि भुमिगत परीक्षण गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई दुई लाख क्षतीपुर्ति दिने घोषणा गर्दै घाइतेको उचित उपचार गर्न निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ