१७ वर्षदेखि साउदीमा बन्धक श्रीलङ्कन महिलाले पाइन साढे २४ लाख तलब

१७ वर्षदेखि साउदीमा बन्धक श्रीलङ्कन महिलाले पाइन साढे २४ लाख तलब

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

साउदी,कात्तिक १४  ।

साउदी अरवमा १७ वर्षदेखि बन्दी बनेर गोठालो काम गर्दै आएकी श्रीलङ्कन नागरिक केजी कुसुमावाथीको उद्धार भएको छ ।

साउदीमा घरेलु काम गरेकी उनलाई साउदी सरकारकै पहलमा उद्धार गरेर १७ वर्षको परिश्रमिक ८८ हजार ६ सय साउदी रियाल झण्डै २४ लाख ५० हजार रुपैयाँ दिलाइएको छ । उनलार्इ अहिले श्रीलङ्का फर्काइएको अरब न्युजमा उल्लेख छ ।

उनलाई रोजगारदाताले घर फर्कन नपाउने गरि सम्झौता गरेर काममा लगेका थिए । तर साउदीको नियम अनुसार सम्झौता सकिएपछि भने घर फर्काउनु पर्ने मान्यता छ ।

६ महिनाअघि परिवारले दिएको उजुरीको आधारमा साउदीकै पहलमा उनको खोजी भएको थियो । त्यसको ६ महिनापछि मात्रै उनलाई साउदीको दुर्गम गाउँ एटिफबाट जेद्दामा रहेको श्रीलङकन कन्सुलेटले उद्धार गरेको हो । रियाद ताइफ राजमार्गबाट ४० मिलोमिटर टाढा पर्ने यो गाउँमा उनी गोठालोको काम गरिरहेकी थिइन् ।

कुसुमावाथी चार वर्षको छोरा र दुई वर्षकी छोरी छाडेर २७ वर्षको उमेरमा रोजगारीका लागि साउदी पुगेकी थिइन् । उनले रोजगारदाताले हिंसा नगरेको बताएकी छन् ।

उनले मासिक चार सयका दरले ८ वर्षसम्म तलब पाएको तर त्यसपछि भने तलब नपाएको बताइन् । ३८ हजार ६ सय रियाल उनको साथमा नै भेटिएको थियो । बाँकी रहेको ५० हजार रियाल तलब रोजगारदाताले पछि तिरेको कन्सुलेटले जनाएको छ ।

श्रीलङकन मन्त्रीले साउदी सरकारलाई आफ्नो देशको नागरिकलाई परिश्रमिक सहित सकुशल फिर्ता पठाएकोमा धन्यवाद दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ