डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकार पापाडोपलसले झुठो बोलेको स्वीकार

डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकार पापाडोपलसले झुठो बोलेको स्वीकार

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी, कात्तिक १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् । पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् ।

उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए ।

अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले गत जनवरीमा सोधपुछ गर्दा भने उनले आफू ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुई जनालाई भेटेको बताएका थिए ।

तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो । उनले भेटेका व्यक्तिमा एक जना रुसी महिला तथा लण्डनमा कार्यरत एक जना प्राध्यापक रहेको बताइएको छ ।

तर उनीहरुको नाम खुलाइएको छैन । ती व्यक्तिको रुसी अधिकारीहरुसँग सिधा सम्पर्क रहेको बताइएको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् ।

रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका छन् ।

रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका हुन् ।

रुस र ट्रम्प दुबैले आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको जिकिर गर्दै आएका छन् । यो विषयले राष्ट्रपति ट्रम्पलाई ठूलो नोक्सानी पुग्न सक्ने विश्लेषण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ