एजेन्सी । रुसको सानो शहर बोल्जस्कीमा होस उडाउने घटना सार्वजनिक भएको छ । अलेक्जान्द्र मस्लेनिकोवले दुई युवतीलाई साथी बनाई घरमा लगेर शुरुमा बलात्कार गरी त्यस पछि हत्या गरेर उनीहरुको मासु काटेर कुकुरलाई खुवाएको पुष्टी भएको छ ।
एउटा डान्स क्लबबाट गायब भएका ती युवतीहरुको खोजी गर्ने क्रममा प्रहरीले उक्त कुरा फेला पारेको थियो । ती अपराधी मस्लेनिकोवलाई मस्कोबाट पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ओल्गा र डारिया नामकी युवतीहरलाई नाईट क्लबबाट डान्स सकिए पछि उनले यौन सम्पर्कका लागि घर लिएर गएको र बलात्कार पछि हत्या गरी मासु काटेर कुकुरलाई खान दिएको प्रहरीले बतायो ।
उनी यस अघि पनि चोरी तथा बलात्कारको मुद्धामा ११ वर्ष जेल बसेर निस्केका थिए । प्रहरीले अर्को युवतीलाई फसाएर डेटिगं गर्दै गर्दा मस्कोमा फेला पारेको थियो ।
घटना यसै महिना भएको पनि जनाईएको छ । ती युवतीहरुको मोबाईल बन्द भएको र घर परिवारमा पनि सम्पर्कमा नआए पछि साथी तथा परिवारले प्रहरीमा उजुरी गरे पछि घटना बाहिर आएको हो ।