चीन तथा पाकिस्तान विरुद्ध लड्न भारतले ४० हजार करोड भारुको हतियार खरीद गर्ने

चीन तथा पाकिस्तान विरुद्ध लड्न भारतले ४० हजार करोड भारुको हतियार खरीद गर्ने

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । छिमेकी चीन र पाकिस्तानसगँ सम्भाव्य सैन्य टकरावलाई ध्यानमा राखेर भारतले अहिले सम्मकै धेरै ४० हजार करोड भारतीय रुपैया बराबरको हतियार खरीद गर्ने भएको छ ।

साथै सेनाको आफ्नो हतियार कारखाना पनि थप मजबुत बनाउने सहमति सेनाले दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यो प्रस्ताव अब केही दिन भित्र रक्षा मन्त्रालयले स्वीकृत गर्ने जनाईएको छ ।

चीन र पाकिस्तानसगँ सिमा क्षेत्रमा टकराव बढ्दै गएको र निकट भविष्यमा जुनसुकै समयमा युद्ध हुन सक्ने संभावना रहेको भन्दै सात लाख राईफल, ४४ हजार मेसिन गन र ४६ हजार कार्बाईन्स खरीद गर्ने अनुमति प्राप्त भएको बताईएको छ ।
भारत विश्वमै चीन पछि दोस्रो ठुलो स्थल सेना भएको मुलुक हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ