क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू

क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी कात्तिक ११।
स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गर्नु भएको छ । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उहाँको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गर्नु भएको छ ।

उहाँले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले उल्लेख गरेको छ । अब क्याटेलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने भएको छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव स्वतन्त्र र निष्पक्ष हुने प्रतिवद्धता जनाएका भएको छ ।

स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै अक्टोबर १ तारिखमा क्याटलोनियामा जनमत संग्रह गराइएको थियो जसलाई स्पेनको संवैधानिक अदालतले अवैध ठहर गरेको थियो । स्पेनबाट अलग हुने कि नहुने भनेर गराइएको जनमत संग्रहमा अलग हुने पक्षमा बहुमत आएको थियो ।

तर, क्याटेलोनियाका नेता पुजिमोन्टले भने अलग भएको घोषणा गरिसकेका थिएनन् । क्याटेलोनियाको क्षेत्रीय संसदले हिजो स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । १३५ सदस्यीय सदनमा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० भोट आएको थियो ।

केही सदस्यहरुले भने मतदान बहिस्कार गरेका थिए । यस मतदानपछि क्याटेलोनियाले स्पेनको संविधान खारेज गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ