३० रुपैया गोजीमा नहुदाँ बीच जंगलमै गाडीले छाडिदियो यी दृष्टि कमजोर भएका जंगबहादुरलाई ( तस्वीर सहित )

३० रुपैया गोजीमा नहुदाँ बीच जंगलमै गाडीले छाडिदियो यी दृष्टि कमजोर भएका जंगबहादुरलाई ( तस्वीर सहित )

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

अहिले समय यस्तो आयो कि पैसा छ त सबैथोक छ, पैसा छैन त कोही केही छैन । यस्तै पीडा भयो संखुवासभा आखीभुईका जंग बहादुर राईलाई ।
उनी कार्तिक ४ गते भाईटिकाको दिन धरानबाट ईटहरी आफ्नो डेरा जादै थिए । भानुचोकमा खैनी खाने क्रममा उनले निकालेको पर्स विर्सिएर छाडेछन् । गाडी चढेर गए पछि सेउती पुल कटे पछि कन्डक्रले भाडा मागे । त्यस पछि गोजी छाम्दा उनको पर्स भेटिएन ।
करीब ८० प्रतिशत दृष्टि क्षमता नभएका जंग बहादुरले अनुनय गरे, भाई मेरो पर्स हराए छ पैसा भएन ईटहरी सम्म लगिलिनुस् न । तर ती गाडीवालाले मानेन । पैसा नभए किन गाडी चढेको भन्दै तरहरा भन्दा माथि बीच जंगलमै उनलाई ओरालिदियो ।
ईटहरी सम्म धरानबाट आउदा लाग्ने जम्मा बस भाडा ३० रुपैया मात्र हो । यति पैसा नहुदा बिहान करीब ७ बजे सडकमा छाडिएका उनी विस्तारै हिड्दै थिए ।
उनी एकबिहानै जंगलको बाटो हिडेको भेटे पछि मोटरसाईकलमा धरानबाट ईटहरी जादै गरेका नेपाल कम्युनिष्ट पार्टीका सुनसरी जिल्ला ईन्चार्ज प्रज्वल श्रेष्ठले उनलाई उद्धार गरी ईटहरी सम्म पुर्याउनुका साथै केही रकम भाडा दिएर पठाएका थिए ।
ईटहरी सम्म पुर्याएर बाटो खर्च पनि दिए पछि भावुक हुदै उनले पार्टी राम्रो रछ भनी विदा भएका थिए । जंग बहादुर करीब ५० बर्षको उमेरका रहेका छन् । र उनी आखाले साथ दिदा सम्म होटल मजदुरको रुपमा गोर्खा किचन लगायतमा काम गरीसकेका थिए । तर आखाको समस्याका कारण उनी अहिले श्रम गर्न नसक्ने अवस्थामा छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी