आफ्नाहरुबाट विरत्तिएर प्रचण्डले पार्टी एमालेलाई बुझाएको दावी

आफ्नाहरुबाट विरत्तिएर प्रचण्डले पार्टी एमालेलाई बुझाएको दावी

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी बाहिर र भित्र चौतर्फी आक्रमण , दवाव , घुर्की अत्याधिक भएको र आफूले थेग्न नसक्ने भए पछि पार्टी एकताको पहल गरेको र अब त्यसबाट नफर्किने बताएका छन् । आफू निकटस्त नेताहरुसँगको भेटमा प्रचण्डले यसलाई टाल्यो अर्को रिसाउछ, त्यसलाई टाल्यो अर्को रिसाउछ, कतिलाई के गरेर सक्नु ? भनी गुनासो पोखेको नाम उल्लेख नगर्ने शर्ततमा एक पोलिटव्यूरो सदस्यले जानकारी दिए ।
उनका अनुसार कहिले प्रचण्ड जिन्दावाद भन्ने, कहिले यो भएन भने यसो गर्छु भन्ने उसो गर्छु भन्ने ? खाली दवाव मात्रै सिर्जना गर्ने प्रचण्डले निकटकासगँ दुखेसो पोख्ने गरेको बुझिएको छ । अब जो सुकै जहाँ जाओस्, जे गरोस् तर एकताबाट म फर्किन्न भनेर प्रचण्डले एमालेसगँ पार्टी मिलाउनुको विकल्प नभएको बताउने गरेको बताईएको छ ।
प्रचण्ड र ओलीले तल्लो तह सम्म पार्टी एकता सयोजन समिति बनाउन निर्देशन समेत दिईसकेका छन् ।
एमालेसगँ पार्टी एकता गर्ने भनिए पछि असन्तुष्ट नेताहरु भने माओवादी केन्द्रबाट बाहिरन थालेका छन् । लोकेन्द्र विष्टले छाडि सकेका छन् भने निर्वाचन पछि गोपाल किराती सहित ठूलो समुहले अलग्गै पार्टी बनाउने तयारी गरेका छन् ।
यति सम्म कि प्रचण्ड परिवारका पुराना कार्यकर्ता समीर दाहाल समेत उनीसगँ असन्तुष्ट रहेको बुझिएको छ । भतिजा समिरलाई काठमाण्डौं आउदा निजी सचिवालयमा राखिए पनि पछि हटाईएकाले उनी रुष्ट रहेको बताईएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ