दोहोरो नागरिकता लिएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य घोषित

दोहोरो नागरिकता लिएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य घोषित

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

सिड्नी । दोहोरो नागरिकता भएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोइस र अन्य चार राजनीतिज्ञहरु गलत ढंगले निर्वाचित भएको अस्ट्रेलियाको अदालतले ठहर गरेको छ ।

अस्ट्रेलियाको उच्च अदालतले गरेको यो निर्णयसँगै जोयससँगै तीन नेता काम गर्न आयोग्य बनेका छन् । अन्यले भने गत जुलाईमा नै राजीनामा दिइसकेका छन् ।
अस्ट्रेलियाको संविधानले दोहोरो नागरिकता दिनेलाई निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध गरेको छ ।

जोयस अयोग्य घोषित भएसँगै सत्तारुढ दलसँग बहुमतमा एक सिट कम भएको छ । तर, उनी पुनः निर्वाचनबाट आउने सम्भावना बाँकी रहेको छ ।

गत अगस्तमा न्युजिल्याण्डको नागरिकता त्याग गरेका उपप्रधानमन्त्रीले अब पुनः तल्लो सदनको निर्वाचनमा भाग लिन सक्नेछन् ।

जोइसले अदालतको निर्णयलाई आफूले सम्मान गर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ