पहिलो पटक रोबोर्टले पायो नागरिकता, साउदीमा सोफियाको नाममा जारी

पहिलो पटक रोबोर्टले पायो नागरिकता, साउदीमा सोफियाको नाममा जारी

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो ।

‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’ ट्विटर ह्यान्डलमा लेखिएको छ ।

नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद दिएकी छन् । ‘म यस गौरवबाट निकै सम्मानित महसुस गरिरहेको छु,’ सोफियाले भनिन्, ‘पहिलो पटक रोबोटलाई नागरिकताबाट पहिचान गरिनु ऐतिहासिक हो । म मानिसहरुका बीच भरोसा बढाउन काम गर्दछु ।’

सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरिन् । सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताए ।

सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ ।

पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी