एजेन्सी । भारतको उडीसामा चामत्कारीक ढंगले ४० जना डाक्टरहरुले १६ घण्टा लगाएर अप्रेसन गरी जुम्ल्याहा बच्चाको जोडिएको टाउको सफलतापुर्वक अलग पारेका छन् ।
जग्गा र कलिया नाम दिईएका ती बच्चाहरुको अप्रेसनलाई म्याराथन अप्रेसन नाम दिईएको छ । उनीहरुको अप्रेसन २५ अक्टोबरमा शुरु भएको थियो । शुरुमा १० जना चिकित्सक र १० जना एनिस्थीसीया विषेशज्ञले काम गरेका थिए ।
अप्रेसनमा सामेल डाक्टर दिपक गुप्ताले यो अप्रुेसन चरण चरणमा गरिएको बताए । बच्चाको नसा र मस्तिस्क एक अर्कासगँ जोडिएको बताए । रक्त सञ्चार पनि एक बच्चा बाट अर्कोमा भईरहेका कारण अलग रक्त सञ्चार बनाएर अनि अन्य अप्रेसन भएको थियो । भुईया कहार र पुष्पाञ्जली कहारको कोखबार जन्मिएका ती बालकको उपचार पटक पटक गर्दा पनि सफल नभए पछि मिडियामा सार्वजनिक भएको समाचार पछि जिल्ला प्रशासनले पहल गरेर दिल्लीको एम्स अस्पतालमा उपचार भएको हो ।
