२०७३ साल दशैदेखि शुरु भएको चन्द्रागिरी केवल कार र त्यसका मुख्य मालिक चन्द्र ढकाललाई राष्ट्रिय भ्रष्टाचारीको सूचीमा नेपाल कम्युनिष्ट पार्टीले राखेको यस अघि सार्वजनिक भएको थियो । त्यस अघि चन्द्रागिरी केवल कार सञ्चालनका नाममा सार्वजनिक जमिनको दोहन भएको, जनतालाई ठूलो मात्रामा ठगि गरिएको सबै जसो सञ्चार माध्यमसले समाचार प्रकाशन गरेका थिए ।
ऐतिहासिक महत्वको चन्द्रागिरी डाडामा केवलकार सञ्चालन हुनु नराम्रो कुरा हैन । तर यसको फाईदा केवल एक व्यक्ति र समुहले पाउने र राज्य र जनता गठिने अवस्था आए पछि यसको आलोचना शुरु भयो । यसले एकातिर राज्यको जमिन नेता र सरकारी कर्मचारीसगँको साठगाठमा कौडीको भाउमा दर्जनौ रोपनी लिजमा लियो । बन क्षेत्र कटान भएको छ । ती रुख विरुवाको विनाश भएको छ । तर राज्यले वर्ष भरीमा पाउने केवल एक लाख ८० हजार रुपैया मात्र ?
त्यस पछि चन्द्रागिरीले जनताको नैसर्गिक अधिकारको हनन् गर्दै पानी देखि सारा खाने कुराहरु सुरक्षाको बहाना देखाएर डाडामा लान दिएन जनतालाई । उसले गलत र भ्रामक सुचनाको आधारमा डाडामा आफूले खोलेको रेष्टुरेन्टको व्यापार बढाउन भात खाना लान दिएन । र माथि एक प्लेट ममकै एक सय ९० रुपैया सम्म लिने गरेको थियो । तर मिर्मिरे अनलाईनले सबै भन्दा शुरुमा समाचार प्रकाशित गरेर ठूलो आलोचना बढे पछि उसले मुल्य घटाएको थियो ।
केवल कारको पनि दुरी र विजुलीको हिशाबमा उसले सर्वसाधारणलाई दिनु पर्ने सेवाका लागि लिने शुल्क निकै बढी भएको बुझिएको छ ।
अर्को उसले सरकारसगँ सम्झौता गरेको भन्दा बढी जमिन अतिक्रमण गरेको आशका गरिएको छ । यसबारे चन्द्रागिरी नगरपालिकाका एक कर्मचारीले स्पष्ट जानकारी नभएको प्रतिकृया दिएका छन् ।
अर्कोतिर उसले हाल डाडानै भत्काएर जुन रेष्टुरेन्ट बनाईरहेको छ , त्यसले गर्दा भावी दिनमा त्याहाँ उच्च पहिरोको जोखिम बढ्नुका साथै तल्लो बस्तीमा ठूलो विनाशको कारण बन्न सक्ने चिन्ता बढ्न थालेको छ । यस पाली बर्षातको समयमानै तल चेकपोष्ट सम्म धमिलो पानी बग्नुको कारण चन्द्रागिरीमा जमिनको दोहन थियो ।
२०५८ सालमा यसै आसपासको क्षेत्रमा पहिरो जादा १६ जना मानिसको मृत्यु भएको थियो ।
यसले अर्कोतिर परम्परागत धार्मिक तथा मेला स्थलको लगभग विनाश गरेको छ । भालेस्वरको पुरानो शिला फ्याकेर अर्कै ढुगा ल्याएर मन्दिरमा राखिएको थियो । तर पछि तीव्र जनगुनासो र आलोचना भए पछि सो शिलालाई अहिले भने मन्दिर नजिकै राखिएको छ ।
चलाख चन्द्रको चाला बेग्लै
चन्द्रागिरी हिल्सका मुख्य मालिक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले चलाखी पूर्वक ढंगले डाडाको दोहन छुपाउन डाडामा राष्ट्रपति , प्रधानमन्त्री, दलका नेताहरु, विदेशी नियोगका प्रतिनिधिहरुलाई निशुल्क भ्रमण गराउदै कार्बाहीको साटो प्रशशा बटुलीरहेका छन् । तर यथार्थमा उनले सार्वजनिक जमिनमा गरेको दोहन कहिले सम्म टिक्ने हो ?
उनलाई भ्रष्टाचारी घोषित गर्नुको अर्को मुख्य कारण उनले सञ्चालन गरेको ग्लोबल आईएमई बैंक मार्फत भएको लुट पनि हुन सक्ने बताईएको छ । उनले कमलादीको हेरिटेज प्लाजाको जमिन , जहा अहिले बैंकको मुख्य कार्यलय बनिरहेको छ , लाई शुरुमा लिलाम गराई आफैले खरीद गरेको र पछि आफैले फेरी बैंकलाई बेचेर करोडौ लाभ लिएको बताईएको छ । यसबारे विस्तृत खोजी भईरहेकाले केही समय पछि समाचार प्रकाशित गर्ने छौं ।
पार्टी महासचिव नेत्र विक्रम चन्दले कार्तिक ८ मा खुल्ला मञ्चमा हजारौ जनताको बीचमा चन्द्रागिरी डाडो बेचेर खान मिल्छ भनी प्रश्न समेत गरेर कार्बाहीको संकेत गरेका छन् । यस्तो दोहन र लुट भईरहेको बेला राज्य निरीह भएकाले उनलाई कार्बाही गर्ने र सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने निष्कर्षमा कम्युनिष्ट पार्टी पुगेको एक नेताले मिमिरेलाई बताए ।
यो पनि पढ्नुहोस्
चन्द्रागिरी हिल्सद्धारा डॉडामा यसरी ठगिदैछन् सर्वसाधारण

