बुटवलमा आजदेखि राष्टिय औद्योगिक प्रदर्शनी सुरु हुँदै

बुटवलमा आजदेखि राष्टिय औद्योगिक प्रदर्शनी सुरु हुँदै

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बुटवल , ८ कार्तिक ।
स्वदेशी वस्तुको उत्पादन र बजार प्रवद्धन गर्ने उदेश्यले आजदेखि बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रवद्र्धन महोत्सव सुरु हुँदैछ ।

राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण भन्ने नारा सहितको प्रद्धर्शनी रुपन्देही उद्योग व्यापार संगठनले आयोजना गरेको हो ।

बुटवल मण्डपमा आयोजित प्रद्धर्शनीको सबै तयारी सकिएको संयोजक खेम श्रीसले बताउनुभयो । बुटवल मण्डपमा आयोजित मेलाको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । कृषि, पर्यटन र स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखीने छ ।

कृषि, पर्यटन, सुचना ,घरेलु उत्पादन, खाद्यान्न, गार्मेट औद्योगिक उत्पादन, अटो व्यवसाय, वैकल्पिक उर्जा लगायतका छुट्टाछुट्टै स्टल बनाइएको छ । ११ दिनसम्म चल्ने प्रदर्शनीमा औधोगिक उत्पादनका स्वदेशी तथा विदेशी वस्तुहरुको प्रदर्शनी र बिक्री दुवै गरिनेछ ।

दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स लगायतका ३ सय ५० वटा स्टलहरु सहभागी रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ