अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना

अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, कात्तिक ८ । अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै आफू पुनः निर्वाचनमा नजाने बताएका छन् ।

एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा आपत्ति जनाउँदै सिनेटर फ्लेकले कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
यसअघि राष्ट्रपति ट्रम्प अर्का रिपब्लिकन सिनेटर बब कोर्करसँगको झगडामा समेत मुछिएका थिए ।

सिनेटको बैठकमा फ्लेकले आफ्नो निर्णय सुनाउनु अघि एरिजोनाको एउटा पत्रिकासँग वर्तमान रिपब्लिकन पार्टीको वातावरणमा आफ्ना लागि ठाउँ नभएको हुनसक्ने बताएका थिए ।

सिनेटमा उनले राष्ट्रपतिको आलोचना गर्दा आफूलाई खुशी नलागेको तर आलोचना गर्नु आफ्नो दायित्व र विवेक भएको जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ