काठमाण्डौ , ८ कार्तिक । पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल फेरि भासिएको छ ।
पप्पुले नै बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल भाँचिएको विषयमा जिम्मेवारी नलिँदै अर्को पुल भासिएको छ ।
यो कम्पनीले आफूले हस्तन्तरण गरिसकेकाले पुनर्निर्माण नगर्ने र सडक विभागले भने निर्माण गर्नै पर्ने भनेपछि यो पुल कसले निर्माण गर्ने भन्नेमा विवाद सिर्जना भएको छ ।
पप्पुले आफूले यो पुल पुनर्निर्माण गर्नु नपर्ने दाबी गरिरहेको छ भने सडक विभागले पुनः मर्मत नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline