एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी चोरिएको ४५ करोडमध्ये ७ करोड फिर्ता

एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी चोरिएको ४५ करोडमध्ये ७ करोड फिर्ता

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, कात्तिक ८ । एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी स्थानान्तरण गरिएको ४५ करोड रुपैयाँमध्ये सात करोड रुपैयाँ फिर्ता भएको छ ।

बाँकी रकममध्ये ११ करोडबाहेक अरु रकम स्थानान्तरण हुनबाट जोगिएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एनआइसी एसिया बैंकको विभिन्न देशमा रहेको खाताबाट स्थानान्तरण गरिएको रकम फर्काउने क्रम जारी रहेको बताए ।

राष्ट्र बैंकका अनुसार ह्याकरहरुले ४५ करोड रुपैयाँ स्विफ्ट गर्न निर्देशन पठाए पनि ११ करोडभन्दा बढी रकम स्थानान्तरण नभइसकेकाले जोगिएको छ । ११ करोड रुपैयाँ भने स्थानान्तरण भई ह्याकरहरुले भुक्तानी लिइसकेको आशंका छ । भुक्तानी भइसकेको रकम फिर्ता हुनेमा शंका छ ।

एनआइसी बैंकले भने पुरानो सर्भर डाउन गरेका कारण कति रकम चोरियो भन्नेबारे अझै स्पष्ट आँकडा आउन नसकेको जानकारी दिएको छ । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ