भूकम्प प्रतिरोधात्मक सुरक्षित बस्ती विकासमा जोड

भूकम्प प्रतिरोधात्मक सुरक्षित बस्ती विकासमा जोड

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

ललितपुर, ७ कात्तिक ।राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछिको भौतिक पुनःनिर्माण गर्दा भूकम्प प्रतिरोधात्मक सुरक्षित बस्ती विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
आजदेखि शुरु भएको ज्यापू सङ्ग्रहालय महोत्सवका अवसरमा ज्यापू समाजद्वारा निर्मित ज्यापू सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले परम्परागत शैली झल्कने किसिमको भौतिक निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले कलानगरी पाटनमा बन्ने हरेक भौतिक निर्माण आफ्नै मौलिक झल्कने हुनुपर्नेमा जोड दिँदै निर्माणमा आफ्नै सीप, स्रोत र साधन प्रयोग गरिनुपर्ने बताउनुभयो ।
सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्यापू समाजद्वारा स्थापित संग्रहालय वाग्मती सभ्यताको प्रतीक रहेको बताउँदै देश विकासका लागि ऐतिहासिक र सांस्कृतिक वस्तुको जगेर्ना र संरक्षण अनिवार्य छ भन्नुभयो ।
रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडाँैं उपत्यकाको आदिवासी रैथाने ज्यापू समुदायले स्थापना गरेको संग्रहालयले ज्यापू समुदायको पहिचानलाई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पपछिको पुनःनिर्माण गर्दा ऐतिहासिकतालाई ख्याल गर्नुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष प्रेम महर्जनले ज्यापू समुदायको भाषा, धर्म र संस्कृति जोगाउने उद्देश्यले संग्रहालयको स्थापना गरिएको बताउनुभयो । महोत्सव तीन दिनसम्म चल्ने छ । सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई उहाँकै अर्धकदको शालिक हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ