इराकबाट इरान समर्थित लडाकु फिर्ता हुनुपर्ने अमेरिकी विदेशमन्त्री टिलर्सनको भनाइ

इराकबाट इरान समर्थित लडाकु फिर्ता हुनुपर्ने अमेरिकी विदेशमन्त्री टिलर्सनको भनाइ

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सि, कात्तिक ६ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले इराकमा इस्लामिक स्टेटविरुद्ध लडिरहेका इरान समर्थित लडाकु अब फिर्ता हुनुपर्ने बताएका छन् ।

विदेशमन्त्री टिलर्सनले आइएसविरुद्धको लडाइँ अन्त्यतिर पुगेको भन्दै अब इरान समर्थित लडाकू फिर्ता हुनुपर्ने बताएका हुन् । उनले लडाकुहरु इराकी सेनामा समायोजन हुनुपर्ने वा घर फिर्ता हुनुपर्ने दुईवटा विकल्प अघि सारेका छन् ।

आइएसविरुद्ध लडाइँ गर्दै आएका लडाकुका इरानी प्रायोजकहरुले पनि इराक छाड्नुपर्ने टिलर्सनको भनाइ छ ।

कतार र साउदी अरेबियाको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनको पछिल्लो भनाइ आएको हो । मध्यपूर्वमा इरानको प्रभाव मत्थर पार्ने प्रयासमा टिलर्सनको भ्रमण केन्द्रित रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति झन् कडा नीति अवलम्बन गर्ने घोषणा गरेपछि टिलर्सनले कतार र साउदी अरेबियाको भ्रमण गरेका हुन् । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ