केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डिस्चार्ज भएर होस्टेलमा फर्किएका थिए ।आइतबार विहान आफैले जाउलो बनाएर खाएर नेपालमा श्रीमतीलाई भिडियो कल गरेर सोमबार काठमाडौं लिन आउनू भन्दै कुराकानी गरेका थिए ।
कुराकानी नटुङ्गिदै कल काटिएपछि पुन: श्रीमतीको भिडियो कल आइरहँदा उनले मुखबाट फिज निकालिसकेका थिए । के भयो, के भयो भन्दाभन्दै उनको मुत्यु भइसकेको सोही कम्पनीमा कार्यरत गंगाराम जैसीले बताए ।
शवलाई पोस्टमार्टको लागि स्थानीय केलांग अस्पतालमा लगिएको छ । सेक्यूरिटी कम्पनीमा कार्यरत लिम्वु करिव ४४ वर्षका हुन् । परिवारलाई खबर कसरी गर्ने र के भनेर यस्तो खबर दिने भनेर उनका साथीहरु निकै अन्योलमा परिरहेका छन् ।
सोही कम्पनीमा कार्यरत अर्का एक नेपालीको पनि तीन हप्ता अगाडि मृत्यु भएको थियो ।