अपहरणमा परेकी पाकिस्तानी महिला पत्रकारको दुई बर्षपछि उद्धार

अपहरणमा परेकी पाकिस्तानी महिला पत्रकारको दुई बर्षपछि उद्धार

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

इस्लामावाद, कात्तिक ५ । दुई बर्षदेखि सम्पर्क्विहीन पाकिस्तानकी महिला पत्रकार जीनत शहजादीलाई उद्धार गरिएको छ ।

लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो । बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका जीनतलाई घरबाट कार्यालय जाने क्रममा रिक्सामा सवार रहेकै बेला अज्ञात बन्दुकधारीले अपहरण गरेको थियो ।

उनी पछिल्लो समय भारतीय नागरिक हमीद अन्सारीको खोजीमा संलग्न रही समाचार संकलनका क्रममा रहेकै बेला अपहरणमा परेकी हुन् । अपहरण भएको दिनदेखि पाकिस्तानको बेपत्ता खोजबिन आयोगले उनको खोजी जारी राखेको थियो ।

उनलाई पाकिस्तान र अफगान सीमा नजिकबाट उद्धार गरिएको हो । जीनतको उद्धारमा बलुचिस्तान र खैबर पख्तुनख्वाहका स्थानीय नेताहरुको महत्वपूर्ण भूमिका रहेको बताईएको छ ।

उद्धार गरिएलगत्तै आफनो घर पु¥याइएकी जीनतका परिवार भने केही समयअघिदेखि नै सम्पर्क्विहीन रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । जीनतका भाईले दिदी अपहरणमा परेपछि आत्महत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ