काबुल, कात्तिक ५ । अफगानिस्तानको काबुलस्थित सैनिक क्याम्पमा आत्मघाती बम विस्फोट हुँदा १५ जना सैनिक अधिकृतको मृत्यु भएके छ ।
काबुलमा रहेको फहीम सैनिक क्याम्पबाट गस्तीका लागि मिनीबस चढ्ने क्रममा रहेका सैनिकलाई लक्षित गरी क्याम्पको ढोकामा आत्मघाती बम बिस्फोट गराईएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । घटनामा चारजना घाइते भएका छन् ।
क्याम्प अगाडी हिंडेर आएका ब्यक्तिले आत्मघाती बिस्फोट गराएको अफगान अधिकारीले जनाएका छन् ।
घटनाको जिम्मेवारी तालिवानले लिएको छ । पछिल्लो समय तालिवान विद्रोहीले सेना र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् ।
२४ घण्टाको बीचमा भएको यो दोस्रो विस्फोट हो । यसअघि अफगानिस्तानको शिया मुश्लिम समुदायको मस्जिदमा गराईएको आत्मघाती बिस्फोटमा ६० जना मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline